Chairman
Pradip Kumar Katuwal
Message
From Chairman
शिक्षा गतिशिल प्रक्रिया हो । जसरी देशमा राजनैतिक परिवर्तन र विकास हुन्छ त्यसैगरी शिक्षाको पनि विकास गर्दै लैजानु हामी समाजका अगुवा व्यक्तिहरुको कर्तव्य हो । देशमा प्रजातन्त्रको उदय सँगै हामीले यस लाम्पनटार बहुमुखी क्याम्पसको स्थापना गरेका हौँ । क्याम्पसको शैक्षिक आर्थिक र भौतिक विकासका लागि स्थानीय तहदेखि माथिल्लो निकायसँग सहकार्य गर्दैै अगाडि बढीरहेका छौँ । क्याम्पसको विकासको लागि सबैबाट सहयोग र माया पाइरहेका छौँ । खासगरी त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, प्रदेश नं. ३ को सरकार, तीनपाटन गाउँपालिका, स्थानीय अभिभावक र शिक्षक तथा कर्मचारीहरुबाट तन मन र धनले यस क्याम्पसलाई सहयोग पु¥याइदिएकोमा धन्यवाद दिन चाहान्छु । आगामी दिनहरुमा पनि क्याम्पसको विकासको लागि सबैतिरबाट निरन्तर सहयोग भैरहनेछ भनी आशा गर्दछु । आगामी दिनमा क्याम्पसको विकासको लागि अझै सक्रिय भई क्याम्पसलाई आवश्यक श्रोत साधन जुटाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछु ।