Campus Chief
Ananantaraj Shrestha

Message From
Campus chief

शिक्षा देश विकासको मुल आधार हो । शिक्षाले नै व्यक्तिको व्यक्तित्वको विकास गराउछ, समाजको आवश्यकता पुरा गर्छ र देशलाई चाहिने जनशक्ति उत्पादन गरी देशलाई सम्रिद्धिको बाटोमा लैजान्छ । लागि शिक्षा सबैको पहुचमा हुनु पर्छ । हाम्रो देशमा उच्च शिक्षाको अवसर सहरबजार र जिल्ला सदरमुकाममा मात्र सिमित रहेकाले गाउँ तथा दुर्गम क्षेत्रका व्यक्तिहरु उच्च शिक्षाको अवसरबाट बन्चित हुनु परिरहेको छ । यसै कुरालाई ध्यानमा राखी गाउँ तथा दुर्गम क्षेत्रमा बस्ने विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेका व्यक्तिहरुले पनि सहज र सुलभ ढंगले उच्च शिक्षा प्रदान गर्न सकोस भनी “ढिडो खाउ छोराछोरीलाई गाउँमै उच्च शिक्षा दिलाऊ” भन्ने नाराका साथ २०६२ सालमा स्थानीय श्रोत साधन परिचालन गरी यो सामुदायिक क्याम्पसको रुपमा स्थापन भएको क्याम्पस हो । क्याम्पस स्थापनामा स्थानीय जनप्रतिनिधी समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको प्रयास रहेको छ । २०६२ मा त्रि.वि.बाट वि.ए. र वि.एड्. का कक्षा संचालन गर्न अनुमति लिएर संचालन भएको यस क्याम्पसले २०६७ मा नेपालीमा एम.एड्. र २०७० मा वि.वि.एस. र जनसंख्या विषयमा एम.ए. थप कार्यक्रम संचालन गर्न त्रि.वि. बाटै सम्बन्धन लिएर क्याम्पस अगाडि बढीरहेको छ । क्याम्पसले आफ्नो भौतिक र शैक्षिक गुणस्तर सुधार गर्न २०६८ मा विश्वविद्यालय अनुदान आयोग University Grants Commotion (UGC) मा Quality Assurance and Accreditation (QAA) कार्यक्रममा समावेश भएर २०६९ मंसिरमा क्याम्पसको Self Study Report (SSR) गरेर UGC मा बुझाएको र २०७३ पुष मा प्राध्यापक डा. कुशुम श्रेष्ठको नेत्तृत्वमा UGC का प्रतिनिधी डम्बर श्रेष्ठको टीमले पहिलो अनुगमन गरेर सुधार गर्नुपर्ने सुझावहरु दिनुभएको छ, उहाँहरुको सुझाव अनुसार आवश्यक प्रक्रियाहरु पुरा गरी यस क्याम्पसले छिटै UGC प्राप्त गर्ने लक्ष्य राखेको छ । यस क्याम्पसले २०६५ सालदेखि त्रि.वि.द्धारा संचालन हुने स्नातक तहको (वि.ए.,वि.एड् र विविएस) का परीक्षाहरु आफ्नो निजी खर्चले संचालन गर्दै आइरहेको छ । साथै २०७० मा यो क्याम्पस UGC को दोश्रो उच्च शिक्षा परियोजना कार्यक्रमको स्कीम डी मा छनौट भएको र त्यसैगरी २०७३ सालमा UGC कै उच्च शिक्षा सुधार योजना (HERP) कार्यक्रममा पनि छनौट हुनु सफल भै दुवै कार्यक्रम संचालन गरेर क्याम्पसको भौतिक र शैक्षिक विकास गरिरहेको छ । UGC को यस्ता महत्वपूर्ण कार्यक्रममा यस क्याम्पसलाई छनौट गरेर समावेश गराएको मा UGC लाई धन्यवाद दिन चाहान्छु । NOTICES Published on 2019-01-25 Published on 2019-08-22